विद्युतको तार सर्ट भएर होलसेल पसल जलेर खरानी

धनगढी :  कैलालीको धनगढीस्थित एक होलसेल पसलमा आगलागी भएको छ।

गएराति (विहिबार) विद्युतको तार सर्ट भएर होलसेल पसल जलेर खरानी भएको हो। धनगढी उपमहानगरपालिका–४ स्थित जिएस ट्रेडर्समा आगलागी हुँदा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताएका छन्।

Dengue

श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर ध्वस्त भएको उनले बताए । पसलमा महंगामंहगा सामान राखिएको थियो। तर जलेर सबै खरानी भएको अध्यक्ष पाण्डेले बताए। उनका अनुसार साढे २ करोडको रेडिमेट सामान लुगाकपडाहरु जलेर नष्ट भएको छ। राति साढे ९ बजेतिर आगलागी भएको हो। पछि दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा ल्याउने काम भएको थियो ।

दमकल नभएको भए घरसमेत ध्वस्त हुने अवस्था थियो, अध्यक्ष पाण्डेले भने। अस्थिदेखि नै विद्युतमा समस्या देखिन थालेपछि हामीले विद्युत प्राधिकरणलाई जानकारी गराएका थियो, तर विद्युतमा सुधार हुन सकेको थिइन, उनले भने। माथिको सामान थोरै जोगिए पनि तल पसलमा राखिएका सबै सामान भने जलेर नष्ट भएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार