बन्दीपुरका ९ होटल र रेस्टुराँमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ : पर्यटकीय नगर पहाडकी रानी बन्दीपुरमा रहेका विभिन्न ९ वटा होटल र रेस्टुराँमा प्रभु बैंकका ग्राहकले विशेष छुट पाउने भएका छन्। 

बन्दीपुर इको होटल प्रा.लि, हेरिटेज गेस्ट हाउस एण्ड रेस्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेस्टुरेन्ट एन्ड लज, होटल तीनधारा, वर्ल्ड हाउस क्याफे एन्ड लजसँग बैंकले छुटसम्बन्धी सम्झौता गरेको हो। 

Galaxy

सम्झौतामा ९ वटै होटलका अधिकारी र प्रभु बैंक डुम्रे शाखाका शाखा इन्चार्ज बिटु माया बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारजनले सम्झौताअनुसार सम्बन्धित होटल तथा रेस्टुरेन्टमा आवास, खाना, मनोरञ्जन सभाहललगायतका सेवा हरुमा ५ देखि २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। 

साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार