काठमाडौँ : सर्लाहीको बरहथवामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। एकजना घाइते भएका छन्।
मृत्यु हुनेमा बरहथवा नगरपालिका-१० का २१ वर्षीय आबोध ठाकुर रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएका छन्। ठाकुरका भाइ १९ वर्षीय आनन्द ठाकुर घाइते भएका छन्।
बरहथवा नगरपालिका-५ स्थित नेपाल टेलिकमको कार्यालयमा ज्याला मजदुरीको काम गर्दै आएका ठाकुरलाई कार्यालयकै काम गर्ने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेर घाइते भएका ठाकुरको बरहथवास्थित एडभान्स सञ्जीवनी अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि हरिवनको सरस्वती अस्पतालमा लगिएका ठाकुरलाई चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेका थिए। ठाकुरका भाइको बरहथवामै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्