मनसुन बल्ल लुम्बिनी प्रदेशसम्म पुग्यो, पश्चिमी तराईमा तापक्रम केही घट्यो

काठमाण्डाै : यस वर्षको मनसुन प्रणाली लुम्बिनी प्रदेशसम्म पुगेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगको हो ।

अहिले मनसुन कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका धेरैजसो भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा पुगेको छ ।

Dengue

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी गएकाे जेठ २८ गते कोशी प्रदेशको पूर्वी भू–भागमा प्रवेश गरेको थियो । सामान्यतया पूर्वमा मनसुन भित्रिएको एक हप्तामा सुदूरपश्चिमसम्म नै फैलने गरेको भए पनि यस पटक भने निकै ढिलो गतिमा मनसुनले यात्रा गरिरहेको छ । लुम्बिनीका पश्चिमी क्षेत्र, कर्णाली र सदूरपश्चिममा मनसुन फैलिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

मनसुनी प्रणानी नपुगे पनि गए राति देशका सबैजसो तराई क्षेत्रमा पानी परेको छ । निकै गर्मी भएको बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज र धनगढी, सुर्खेतलगायतका क्षेत्रमा आज तापक्रम केही घटेको छ । दिउँसो १२ बजेसम्म कुनै पनि शहरको तापक्रम ३३ डिग्री सेल्सियसभन्दा माथि पुगेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार