सर्लाहीमा रोकिराखेको ट्रकमा बस ठोकिँदा तीन जनाको मृत्यु

काठमाडौँ : सर्लाहीमा दुईवटा सवारी साधन ठोकिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा झण्डै १० जना घाइते भएका प्रहरीले जनाएको छ ।

पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान ६ बजेतिर यात्रु बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए ।

Dengue

दुर्घटनामा रुपन्देही घर भएका हरिबहादुर चौधरी, रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीको मायादेवी गाउँपालिका- २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो ।

गम्भीर अवस्थाका पाँच जना घाइतेलाई उपचारको लागि वीरगञ्ज पठाइएको र अन्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको इन्सपेक्टर गिरीले बताए ।

भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बस रायमाझी चोकमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालबाहक ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको गिरीले जानकारी दिए ।

घाइते सबै बसका यात्रु हुन् । बसमा झण्डै ४१ जना सवार थिए । दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार