साईन नेपाल द्धारा बडीकेदार गाँउपालिकालाई स्टेचर प्रदान

डोटी : मानविय सेवामा अनेकौ प्रयास कैलाली (साईन नेपाल)ले डोटीको बडीकेदार गाँउपालिकालाई ४० स्टेचर प्रदान गरेको छ । डोटीको ग्रामिण गाँउपालिकामा सडक सञ्जालको नहुदा बिरामीलाई ओसारपसार गर्नका लागि पालिकाले स्टेचर माग गरेको थियो । सोही अनुसार संस्था मार्फत स्टेचर हस्तारण गरिएको मानविय सेवामा अनेकौ प्रयास कैलाली (साईन नेपाल)का अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

‘गाँउपालिका भित्र सडक नभएका कारण बिरामी समस्यामा थिए’ गाँउपालिकाका अध्यक्ष भैरव साँउदले भने –‘अब बिरामी बोक्न सहज हुने भएको छ ।’ एक कार्यक्रमका बिच साईन नेपालका अध्यक्ष भक्तराज जोशीले एक कार्यक्रम गरी पालिकाको कार्यालय खडेउली पुगेर पालिका अध्यक्ष भैरव साँउद, उपाध्यक्ष डम्मरी बिष्ट कलेललाई हस्तान्तरण गरिएको हो । पालिकालाई स्टेचर प्रदान गरेको प्रति साईन नेपाललाई धन्यवाद दिदै अध्यक्ष साँउदले जनताका हितमा हुने कार्यमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार