तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट एकै दिन २५ जनाको मृत्यु

एजेन्सी : भारतको तमिलनाडुमा विषाक्त मदिरा सेवनबाट एकै दिन २५ जनाको मृत्यु भएको छ । 

तमिलनाडुको कल्लाकुरिचीमा गएराति भएको घटनामा अरु ६० जनाभन्दा बढी गम्भीर बिरामी भएका छन् । यो घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुुरु गरेको छ ।

Dengue

ती व्यक्तिबाट झण्डै २०० सय लिटर विषाक्त मदिरा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । अधिकारीहरुका अनुसार प्याकेटमा पाइने ज्यान गुमाउनेमा अधिकांश दैनिक ज्यालादारी मजदुर छन् । 

यो घटनापछि राज्य सरकारले अनुसन्धानको जिम्मा सीआईडीलाई दिँदै कल्लाकुरिचीका डीएम श्रवण कुमारको सरुवा गरेको छ। साथै एसपी समय सिंह ‘मिना’सहित ९ प्रहरी अधिकारीलाई निलम्बन गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार