अछामका दुई साहासी प्रहरी : असई राम सिंह र प्रहरी हवल्दार गंगाराम , डीआईजी बाटै पाए सम्मान

काठमाडौं : अछाममा खच्चड उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई प्रहरीलाई पुरस्कृत भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले उनीहरूलाई पुरस्कृत गरेका हुन् ।

अछाम पुगेका डीआईजी केसीले प्रहरी सहायक निरीक्षक राम सिंह फराल र प्रहरी हवल्दार गंगाराम चौधरीलाई नगद पुरस्कार प्रदान गरे । प्रदेश प्रहरी कार्यालयले जेठ २७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका–९ स्थित कर्णाली नदीको झोलुङ्गे पुलको लट्ठा चुँडिदा पुलमा फसेका खच्चडहरूको उद्धारमा साहसिक भूमिका निर्वाह गरेको भन्दै दुवै जना प्रहरीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

Dengue

पुरस्कार वितरण समारोहमा डीआईजी केसीले दुवै प्रहरीको साहसिक कार्यको प्रशंसा गर्दै अभिलेखमा रहने गरी नगदसहित पुरस्कृत गरिएको बताए । उनले प्रहरीको कर्तव्यपरायणता र साहसको उदाहरण प्रस्तुत गर्न सफल भएकोमा धन्यवाद व्यक्त गरे ।

यस पुरस्कारले अन्य प्रहरी कर्मचारीहरूलाई पनि प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । डीआईजी केसीले भविष्यमा पनि यस्ता साहसिक कार्य गर्ने प्रहरीलाई सम्मानित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार