हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

काठमाडौं : आज २०८१ असार  ६ गते बिहीबारको तपाईको दिन यस्तो रहनेछ ।

मेष

Dengue

आजको दिन शुभदायी छ । कुनै नया कामको थालनी गर्नु राम्रो हुनेछ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । रसरागको भाव वा कामेच्छाशक्ति पनि वृद्धि होला । पढाइ लेखाइमा मना जानेछ । विपरीत लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तसुख प्राप्त हुनेछ ।

बृष

अनावश्यक विषयमा वादविवाद हुनसक्ने योग परेको दिन छ, एकदम संयमताका साथ बोली र व्यवहार गर्नु हितकर हुनेछ । पेशागत रुपमा पनि समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव हुन सक्छ, सावधान रहनुहोला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता प्राप्त गर्न कठिन होला । प्रेमको क्षेत्रमा सफलता आंशिक सफलता प्राप्त हुनेछ । समग्रमा आजको दिन ब्यर्थ खेर गएको अनुभूति हुन सक्छ ।

मिथुन

व्यस्तता बढ्ने छ । नयाँ कामको सुरुवात गर्न आजको दिन खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा भने नाम रहने छ । मनमा दुविधा रहन सक्ने समय छ ।

कर्कट

प्रेम र मित्रताको बन्धन कसिने तथा वैवाहिक जीवन सुखी हुने खालको दिन छ । चल अचल सम्पत्तिको कारोबार हुन सक्छ । यात्राको पनि योग रहेको छ । मित्र एवम् आफन्तजनबाट सहयोग पाइने छ । पराक्रम वृद्धि होला । धन मान महत्व बढ्ने छ । आरोग्यता रहनेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह

रोकिएका काम पुनः सुरु भइ मनमा प्रफल्लता छाउला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । धार्मिक तथा परोपकारको क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने समय छ । आरोग्यपन बढ्ने छ । रसरागमा मन जाला । सुख वृद्धि हुनेछ ।

कन्या

समय खासै नराम्रो नभएपनि आजको दिन खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सजक रहनु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुने योग छ, सावधानी अपनाएर समस्या टार्न सकिने छ । आजको दिन सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित हुनेछ । उच्चाधिकारीको साथ मिल्ने समय छ ।

तुला

धन लाभको योग छ । अप्रत्यासित किसिमले लाभ हुन सक्छ । पढाइ लेखाइमा पनि प्रगति होला । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । ठुला व्यक्तिसँग फलदायी भेटघाट होला । रसरागमा आकर्षण र सुख बढ्ने छ । व्यस्तता बढे पनि दिन खुशीसाथ बित्ने छ ।

बृश्चिक

आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । धनलाभको योग छ । नया साथीसँग चिनजान हुने र रमाइलो यात्रा हुन सक्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ भने रोकिएका काम सुचारु हुने सम्भावना प्रवल छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल वृद्धि होला । रसरागमा रुचि बढ्ने छ ।

धनु

आजको दिन हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा बित्ने देखिन्छ । नयाँ काम पाउने योग छ । धन आर्जन गर्ने अवसर मिल्ला । कृषिको कामबाट विशेष लाभ हुनेछ । आज लेनदेको काम भरसक नगरेकै बेस होला । कर्मबल बढ्ने छ । रसरागमा आकर्षण रहला ।

मकर

अरूको भर पर्दा काममा धोका हुने र स्वास्थ्य पनि बिग्रन सक्ने समय छ । टाढाको यात्रा आज नगर्नु हितकर हुनेछ । व्यर्थको खर्च हुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । प्रेम सम्बन्धमा पनि धोका भएको अनुभूति हुन सक्छ, धैर्य राख्नुहोला । आफन्तको सहयोग प्राप्तिको योग छ ।

कुम्भ

दौडधुप बढ्ने छ । आजको दिन बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । साथै मनमा केही दुविधा पनि रहला । यसका बाबजुद आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । उन्नति गर्ने अवसर प्राप्त हुने योग छ ।सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।

मीन

सोचेअनुरुप आर्जन हुने समय छ । पठन–पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । धन आर्जनका नयाँ बाटा खुल्ने छन् । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । साझेदारीको काम बन्ने छ । दामपत्यसुख बढ्ने छ । आरोग्यता रहला । मिठो भोजन प्राप्त हुनेछ । प्रेमभाव बढ्ने छ । रसरागमा आकर्षण रहने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार