धनगढीमा सम्पन्न एसईई आइडल विवादित ,आयोजकले पैंसा र पावरकै भरमा विजेता बनाएको आरोप

धनगढी : प्रभात मीडिया एण्ड इभेन्ट प्रा.लीले आयोजना गरेको सुदूरपश्चिम प्रदेशकै प्रथम नृत्य र गायन विधाको एसईई आइडल सिजन थ्री मा अनियमितता भएको आरोप लागेको छ।

२०८१ असार १ गते ओम प्यालेस धनगढीमा सम्पन्न भएको फाइनलमा आयोजक र निर्णायकहरुले अनियमितता गरेको भन्दै प्रतिस्पर्धीका अभिवावकहरुले विरोध गरेका छन्।

Dengue

गत वर्ष एसईई दिएका सुदुर पश्चिम प्रदेश भरिका विद्यार्थीहरूको सहभागिता रहेको एसईई आइडल सिजन थ्री मा गत असोज देखि फागुन सम्म विभिन्न ३० ओटा अडिसन सम्पन्न भएका थिए।

नृत्य र गायन विधामा ३०० विद्यार्थी प्रतिस्पर्धी थिए। ३० अडिसन बाट विजेता बनेर आएका सहभागीलाई अनलाइन भोटिङ तथा प्रत्यक्ष भोटिङमा आयोजक र निर्णायकले अनियमितता गरेको अभिभावकहरुको आरोप छ।

गायन तर्फ कामना देउवा विजेता र मनी महता उपविजेता बनेको थिए। त्यस्तै नृत्य तर्फ अनु देउवा विजेता र उपविजेता संध्या थापा मगर बनेका थिए। यो नतिजामा पक्षपात भएको अभिभावकहरुले आरोप लगाएका हुन्। प्रतियोगिता समापन भइ नतिजा सार्वजानिक गरेको र यति भोट गरेर जितिन्छ भनी भोट गर्न लगाएको आरोप आयोजकलाई लागेको छ।

अहिले रियालिटी शोहरूमा पैंसा र पावरकै भरमा विजेता उपबिजेता बनाइने र यो एसईई आइडलका निर्णायकहरु आफुलाई चित्त नबुझेको ए वान डान्स स्टुडियोका संचालक अनिल भण्डारी बताए।

उत्कृष्ट प्रतिभा हुँदाहुँदै पनि आफ्ना आसेपासे र नजिकका लाई विजेता बनाएको देखिएकोले यसरी पक्षपात किन गरेकोे भन्दा तपाईको भोटकोे पैंसा फिर्ता गर्छाै भन्दै प्रतिभाको कदर नगरेको र प्रतिस्पर्धाबाट केही उपलब्धी नभएको द प्यासन डान्स स्टुडियोका संचालक अनिल खत्रीले बताए।

निर्णायकहरुले निष्पक्ष गरेकोे र आफुले कसै संगपनि पैंसा र भोटकोे कुरा नगरेको प्रभात मीडिया एण्ड इभेन्ट प्रा.लिका सञ्चालक तथा कार्यक्रम निर्देशक प्रकाश छेडालले बताए ।

सुदूरपश्चिममा सञ्चालन भएको रियालिटी शो नै यसरी विवादित हुनु दुःखत भएको धनगढीका स्थानीयहरू बताउँछन् l

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार