नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो।

आज तीन सय आठ कम्पनीको ७२ लाख नौ हजार सात सय ५७ कित्ता शेयर ४८ हजार सात सय ६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ बराबरको कारोबार भएको छ। आजको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त दुई दशमलव ६२, जलविद्युत् शून्य दशमलव ३२, लघुवित्त शून्य दशमलव १४, निर्जीवन बीमा समूह शून्य दशमलव १७ र अन्य समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

Seti Hospital

विकास बैंक समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ३६, लगानी शून्य दशमलव १८, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ८८ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २० करोड २३ लाख ३८ हजार एक सय ४० बराबरको दुई लाख ८५ हजार ४० कित्ता शेयर किनबेच भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार