सरकारी बजेटमा गोदावरी नगपालिकाको मनोमानी

कैलाली : सरकारी बजेटमा गोदावरी नगपालिकाले मनोमानी गरेको पाइएको छ ।

कैलालीको गोदावरी नगरपालिका (अत्तरिया) ले १ लाख ३६ हजार १७० रूपयाँ खर्चेर १२ थान मोबाइल खरिद गरेको खुलेको छ।

Dengue

स्टार मोबाइल ग्यालरीबाट नगरपालिकाले कुनै औचित्य कायम नहुने गरी नगरपालिकाको बजेट बाट १२ थान मोबाइल खरिद गरेको छ। मोबाइल मात्र नभएर नगरपालिकाको बजेट बाट नै साइकलमा समेत खरीद गरेको पाइइएको छ। नगरपालिकाले ८८ हजार तीन सय ८ रुपयाँ खर्चेर ९ थान साइकल खरिद गरेको समेत फेला परेको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ (६) अनुसार बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्य दक्षता, प्रभावकारीता र औचित्य समेत कायम गरेर खर्च गर्नुपर्ने व्यवस्था भएता पनि गोदावरी नगरपालिकाले यस्ता कुनै विषयको अध्ययन र विश्लेषण नगरेरै राज्यकोषको रकम दुरुपयोग हुने गरेर मोबाइल मात्र नभएर साइकलमा समेत खर्च गरेको पाइइएको छ। नगरपालिकाले नियम विपरीत १ लाख ३६ हजार १७० रूपयाँ खर्चेर मोबाइल र ८८ हजार ३०८ रुपैयाँ खर्चेर साइकल खरिद गरेको छ।

गोदावरी नगरपालिका वडा नम्बर ९ का महिला स्वास्थ्य स्वयमसेविकालाई ४९ हजार ४७० रुपयाँ खर्चेर २ थान र वडा नम्बर १२ का महिला स्वास्थ्य स्वयमसेविकालाई स्टार मोबाइल ग्यालरीबाट ९७ हजार ७ सय रुपयाँ खर्चेर १० थान मोबाइल खरिद गरेर वितरण गरिएको छ। भने वडा नम्बर ५ का महिला स्वास्थ्य स्वयमसेविकालाई ८८ हजार तीन सय ८ रुपैयाँ खर्चेर ९ थान साइकल खरिद गरेर वितरण गरेको समेत फेला परेको छ।

नगरपालिकाले सार्वजनिक खरिद ऐन विपरीत बिल भरपाई नगरेरै गोदावरी गुरुकुल संस्कृति विद्यापीठलाई फर्निसिङ्ग व्यवस्थापनको नाममा रू ५० हजार भुक्तानी दिएको छ। त्यस्तै लागत अनुमान र दरभाउपत्र माग नगरेरै नगरपालिकाले न्यु विश्वास फिल्मर्स तथा भिडियोग्राफी सेन्टरलाई रू ४ लाख २५ हजार भुक्तानी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार