को हुन् ड्युटीमै शौचालय पसेर आफ्नै निधारमा गोली हान्ने प्रहरी जवान अजित गोले ?

काठमाडौं : संघीय संसद भवनभित्र सुरक्षार्थ खटिएका एक प्रहरी जवानले शौचालयमा गएर गोली हानी आत्महत्या गरेका छन् ।

बुधबार बिहान करिब ८ बजेतिर भएको घटनामा दोलखा जिल्ला मोलुङ गाउँपालिका वडा नं. ४ जोरधारा स्थायी घर भई हाल संसद भवनको सुरक्षार्थ खटिएका प्रहरी जवान अजित गोले रहेको खुलेको छ ।

२०७८ सालदेखि नेपाल प्रहरीमा सेवा गर्दै आएका गोले हाल  विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत थिए । २२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका थिए ।

बिहान ६ बजेदेखि १० बजेसम्मका लागि ड्युटीमा खटिएका गोले फोन गर्दागर्दै शौचालयमा पसेर निधारमा गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

गोलेले मुलुककै सबैभन्दा संवेदनशील स्थानमा खटिएको सुरक्षाकर्मीले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

प्रारम्भिक अनुसन्धानमा उनले पारिवारिक कारणले आत्महत्या गरेको खुले पनि थप अनुसन्धान पनि सुरु भइसकेको जनाइएको छ ।

उनको शव अहिले पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार