कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेन

काठमाडौं : कर्मचारीहरूको आन्दोलनका कारण संसद् बैठक बस्न सकेको छैन । बिहान ११ बजे सुरु हुनुपर्ने बैठक अझैसम्म बस्न सकेको छैन ।

कर्मचारीहरू ११ बुँदे माग राख्दै आन्दोलनरत छन् । सङ्घीय संसद् सचिवालयका कर्मचारीहरू पनि त्यहीँ सामेल छन् । यसपछि संसद् बैठक पूर्वनिर्धारित समयमा बस्न नसकेको हो ।

Dengue

यसअघि मङ्गलबारको बैठकमा पनि सभामुखको आसन वरिपरि सहयोगका लागि बस्ने कर्मचारीहरू थिएनन् । उनीहरू संसद् भवनअगाडि कालो पट्टी बाँधेर धर्ना बसेका थिए ।

आज पनि त्यसकै निरन्तरतामा कर्मचारीहरू छन् । उनीहरूले आफ्नो माग नि:सर्त सरकारले पूरा गर्नुपर्ने एकसूत्रीय माग राखेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार