अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

अछाम : अछामको छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । सोमबार मध्यराति छाउगोठमा बसेकी१६ वर्षीय किशोरी बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

यो घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका किशोर ती किशोरीको आफन्त भएको पनि जानकारी दिइएको छ ।

Dengue

मंगलबार ती किशोरी बेहोस अवस्थामा फेला परेकी थिइन् । त्यसपछि उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको थियो । बेहोस् अवस्थामा अस्पताल पुर्‍याइएकी ती किशोरीले होस खुलेपछि आफूमाथि जबर्जस्ती करणी भएको बयान दिएकी थिइन् ।

उनको बयानका आधारमा प्रहरीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार