बाजुराका प्रहरीको पालमुनी बास

 बाजुरा : बाजुराको बूढीनन्दा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको भवन साघुँरो हुँदा केही प्रहरी पालमा बस्न बाध्य छन् ।

आफ्नै भवन नहुँदा कोल्टी विमानस्थलको घर भाडामा लिएर इलाका प्रहरी कार्यालय सञ्चालन गरिएको छ । कार्यालयमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा ३५ जना प्रहरी छन् ।

Dengue

भवनमा बस्ने ठाउँ नहुँदा केही प्रहरी पालमा बस्ने गरेका छन् भने केही बजारमा घर भाडामा लिएर बस्ने गरेको इलाका प्रहरी कार्यालय बूढीनन्दाका प्रहरी निरीक्षक केशव खड्काले बताए ।

कार्यालयमा तीन महिला प्रहरी कार्यरत छन् । उनीहरूका लागि छुट्टै कोठाको व्यवस्था नहुँदा बजारमा कोठा भाडा लिएर बस्ने गरेका छन् ।

भवन नहुँदा नियमित कामदेखि थुनुवा राख्न समस्या भएको खड्काले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बूढीनन्दाले बाजुराका चारवटा पालिकाको सुरक्षा हेर्ने गरेको छ । त्यो क्षेत्रमा ५३ हजारभन्दा बढी जनसङ्ख्या छ । भौगोलिक विकटता र ठूलो भूगोल भएकाले इलाकामा थप प्रहरीको आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी दिलिपकुमार गिरीले बताए । उनले भने, ‘तर भवन नहुँदा थप प्रहरी पठाउन सकिएको छैन ।’

भवन निर्माणका लागि पर्याप्त जग्गा नहुँदा निर्माण गर्न नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भवनका लागि कम्तीमा पनि ५ रोपनी जग्गा आवश्यक रहेको प्रहरीले जनाएको छ । गिरीले भने, ‘जग्गाका लागि स्थानीय सरकारसँग समन्वय गरे पनि व्यवस्थापन हुन सकेको छैन ।’

भवन र जग्गा व्यवस्थापन नहुँदा केही वर्ष पहिला बूढीनन्दा नगरपालिकामा रहेको नेपाली सेनाको ब्यारेक फिर्ता भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार