सुदूरपश्चिम विश्वविद्यालयले मनायो १५ औँ स्थापना दिवस

काठमाडौँ :  सुदूरपश्चिम विश्वविद्यालयले एक कार्यक्रम गर्दै आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ । 

कार्यक्रमको अध्यक्ष गर्दै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले विश्वविद्यालयको वर्तमान अवस्थाका साथै आगामी चार वर्षका लागि आफ्नो योजना  दृष्टिकोणका बारे आफ्नो प्रस्तुति  दिनुभएको थियो । विश्वविद्यालयका रजिस्ट्रार  प्राध्यापक यज्ञराज पाठकले विश्वविद्यालयको पारदर्शिता र गुणस्तरीय शिक्षामा केन्द्रित हुन विश्वविद्यालयको नेतृत्वलाई सुझाव दिनुभयो । 

Dengue

आफ्नो समापन मन्तव्यमा उपकुलपति प्राडा पन्तले विश्वविद्यालयलाई सामाजिक र प्राज्ञिक क्षेत्रसँग जोड्न प्रतिबद्ध रहेको जानकारी गराउनुभयो । उहाँले पर्याप्त बजेट विनियोजन गरी  अनुसन्धान कार्यमा  अभिवृद्धि गर्ने जानकारी गराएका थिए । कार्यक्रममा  विश्वविद्यालयका ३० भन्दा बढी प्राध्यापक र कर्मचारीहरूलाई उनीहरूको २५ वर्ष अटुट सेवाको कदरस्वरूप दीर्घसेवा सम्मानपत्र प्रदान गरिएको थियो साथै समाजसेवी  डिल्लीराज लेखक र लीलाध्वज बस्नेतलाई पनि उहाँहरूले विश्वविद्यालय स्थापनाका लागि पुर्‍याएको योगदानको कदर गर्दै  सम्मान गरिएको थियो  । 

कार्यक्रममा विभिन्न राजनीति दलका केन्द्रीय र प्रदेश स्तरका नेताहरूले विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप नगर्ने र विश्वविद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार