लम्जुङको डुम्रे–बेँसीशहर सडक खण्ड पहिरोले अवरुद्ध

लमजुङ : गए रातिदेखिको वर्षाले लम्जुङको डुम्रे–बेँसीशहर सडक खण्ड अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो खस्दा आज बिहानदेखि सडक अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले जानकारी दिनुभयो । सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उहाँले बताउनुभयो ।

 सडक अवरुद्ध हुँदा गाडी तथा यात्रु अलपत्र परेका छन् । बेँसीशहरबाट काठमाण्डौ, पोखरा, चितवनलगायतका ठाउँमा जाने यात्रु र त्यहाँबाट  बेँसीशहर र बेँसीशहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् । बिरामी बोकेको एम्बुलेन्ससमेत रोकिएका छन् । डुम्रे–बेँसीशहर ४२ किलोमिटर रहेको छ । यस वर्ष यो सडक पहिलोपटक अवरुद्ध भएको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार