भारतीय रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो

एजेन्सी : भारतमा रेल दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।सोमबार एक मालबाहक रेलका चालकले सङ्केतलाई गलत रूपमा बुझ्दा ‘एक्सप्रेस रेल’को पछाडिको भागमा ठोक्किएको थियो

दार्जिलिङ जिल्लाको फाँसीदेवा इलाकामा कञ्चनजङ्घा एक्सप्रेस रेललाई मालबाहक रेलले ठक्कर दिँदा दुर्घटना भएको हो ।​यात्रुबाहक गाडीका तीनवटा पटरी रेल र रेलको लिकबाट छुट्टिई जमिनमा ढलेका छन् । 

Dengue

भारतको पश्चिम बङ्गाल राज्यमा भएको यो घटना भारतको रेल नेटवर्कमा परेको पछिल्लो घटना हो । यहाँबाट हरेक दिन लाखौं यात्रुहरू ओहोरदोहोर गर्छन् ।

भारतीय रेलवे बोर्डका अध्यक्ष जया वर्मा सिन्हाले विज्ञप्ति जारी गर्दै करिब ५० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिएकी छिन् ।​

सिन्हाले भनिन्, ‘एउटा मालबाहक रेलले सिग्नललाई बेवास्ता गरेर पछाडिबाट रेललाई ठक्कर दिएको प्रारम्भिक अध्ययनले देखाएको छ ।’

मृत्यु हुनेमा चालक र सहचालक, रेलका गार्ड र पाँच जना यात्रु रहेको उनले पुष्टि गरिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार