तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला, शिक्षिका पक्राउ

बैतडी : तीन  दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको शव फेला परेको छ । ५१ वर्षीय बिष्टको सोही वडाको पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीले जानकारी दिए । हत्या गरी काँचले बेरेर फालेको अवस्थामा शव फेला परेको उनले बताए । 

असार १ गते शनिबार उनी सम्पर्कविहीन थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीय महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।

Dengue

स्थानीय र प्रहरीले खोजी कार्य गर्दा बिष्टको हत्या गरी काँच बेरेर फालेको अवस्थामा शव फेला परेको हो । बिष्टको मोबाइल प्रहरी नियन्त्रणमा रहेकी महिलासँग फेला परेको थियो । बिष्ट ट्रक चालक हुन् भने नियन्त्रणमा रहेकी महिला शिक्षिका हुन् । 

वीरभानका आफन्तले भने हत्यामा अरु व्यक्तिहरूको पनि संलग्नता रहेको भन्दै उनीहरुको खोजीको माग गरेका छन् ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार