कुकुरको बच्चालाई तड्पाउँदै हत्या गर्ने तीन जना पक्राउ

काठमाडौँ : कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुर्नेमध्ये तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय इलामले तीन जनालाई देउमाइ नगरपालिकास्थित जितपुरबाट पक्राउ गरेको हो ।

पशु कल्याण संघ काठमाडौंले कुकुरको बच्चा हत्या गर्नेहरु बिरुद्ध इलाम प्रहरीमा जाहेरी दिएका थिए । सो जाहेरी दर्ता भए लगत्तै हत्याराहरु पक्राउ परेका हुन् ।

Dengue

भिडियो बनाउने हेतुले ती युवाहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेका थिए । सुगम मोराहाङ लिम्बु नामको फेसबुक एकाउन्टमा सो भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । ‘कुकुरको बच्चालाई अत्यान्तै क्रुरतापूर्वक मारिएको देखिन्छ’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठ भन्छिन्, ‘यो हदसम्मको अपराध गर्नेहरुलाई प्रचलित कानुनअनुसार दण्ड सजाय हुनैपर्छ ।’

संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिप्रका इलाममा जाहेरी दर्ता गराएको थियो । जाहेरीमा मूलुकी अपराध संहिता २०४७ अनुसार हदैसम्मको कारबाी गरिपाउँ भनी माग गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार