बैतडीः पाटनमा एक पुरुषको हत्या आरोपमा शिक्षिका प्रहरी नियन्त्रणमा, शव खोज्दै प्रहरी

 बैतडी : बैतडीको पाटन नगरपािलका-६ मा एक पुरुषको हत्या आरोपमा शिक्षिकालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाटन नगरपालिका -६ बस्ने करिब ५१ बार्षिय बिरभान सिह बिष्टलाई शिक्षिकाले हत्या गराएको आरोपमा इलाका प्रहरी कार्यालय पाटनले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

Dengue

गाडी चालक बिष्ट शनिबारदेखी परिवारको सम्र्पकमा नभएको आफ्न्तले दिपक बिष्टले बताए। बिहान स्थानीयले महिलाको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म गिसारेर रगताम्य जमिन देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले आज बिहान ६ बजेबाट सबैतिर खोला, नदी, भिरमा समेत सुरक्षाकर्मी प्ररिचालन गरेर खोजी गरीरहेको छ । पाटन नगरपालिका-६ कै एक बिद्यालयमा शिक्षण गराउने शिक्षिकाले केही पुरुषको समुह प्रयोग गरेर बिष्टको हत्या गरेको आफ्न्तको आरोप छ ।

महिलाले केही नाम प्रहरीलाई बताएपपछि अहिले प्रहरीले फरार रहेका पुरुषहरुलाई पक्राउ गर्न पाटन बाहिर समेत खटीएको स्रोतले बताएको छ । महिलले अहिले दुई जना पाटन नगरपालिका ६भित्रकै व्यक्तीका नाम बनाएको स्रोतको दाबी छ । एक जना प्रहरीकै निगरानीमा राखिएको बुझीएको छ ।

स्थानीयले अहिले हत्यारा खोजीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेको छन् । सडक आन्दोलन गर्ने तयारी थालिएको आफ्त दिपक बिष्टले बताए ।

महिलाको श्रीमान केही बर्ष अगाडी लडेर मृत्यु भइसकेको छ ।   घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार