पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी खुल्यो

काठमाडौं : पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ । मुग्लिन-मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सोमबार बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । राजमार्ग पुनः सञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार