ग्यालेक्सीका एउटै ब्याचका १९ जना विद्यार्थी मेडिकल र इन्जिनियरिङमा

धनगढी :  धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को हसनपुरमा रहेको ग्यालेक्सी माध्यमिक विद्यालयका एकै ब्याचका १९जना विद्यार्थीले इन्जिनियरिङ र एमबीबीएस पढ्न छात्रवृत्ति कोटामा नाम निकालेका छन्।

चिकित्सक विज्ञान अध्ययन संस्थान (आइओएम) बाट छात्रवृत्ति कोटामा ६५ नम्बरमा सुशान्त मडैले नाम निकालेका छन् भने १० जनाले इन्जिनियरिङ अध्ययन संस्थानले लिएको प्रवेश परीक्षामा नाम निकालेका हुन्।

Seti Hospital

स्कुलका सञ्चालक दिनेश पौडेलका अनुसार इन्जिनियर अध्ययन संस्थानमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीमा क्रमशः निशान उपाध्याय, विज्ञान अवस्थी, टेकराज भट्ट, प्रकाशसिंह बाघ, सुबोध भट्ट, सुरज भट्ट, निखिलसिंह बिष्ट, सिर्जना पन्त, अंकित जोशी, र प्रवेश कुँवरले पूर्ण छात्रवृत्ति तर्फ नाम निकालेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार