बैतडीमा शिक्षकले छात्रामाथी कुटपिट गरेको आरोप

बैतडी : बैतडीको सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी मा.वि मा अध्ययनरत छात्रामाथि कुटपिट गरिएको आरोप लागेको छ । कक्षा ९ की छात्रा संगिता धामीलाई विद्यालयका प्रधानाध्यापक विरेन्द्र सिंह धामीले कुटपिट गरेको आरोप लागेको हो । कुटपिटबाट घाइते छात्राको उपचारका लागि धनगढी ल्याइएकोे आफन्त जगदिश धामीले बताएका छन् ।

प्रधानाध्यापक धामीले भने आफूहरु कसैले नकुटेको बताएका छन । उनले काम्दै जमिनमा लडिबुढी गर्न थालेपछि कक्षा कोठामा राखेको बताएका छन । विद्यालयले विज्ञप्ती जारी गर्दै ति छात्रा मुर्छा पर्ने, जमिनमा लछारपछार गर्ने, खुट्टा बजार्ने जस्ता लक्षण देखाइरहेको र सोही क्रममा उनको शरिरमा चोट लागेको जनाइएको छ ।

Dengue

जिल्ला प्रहरी कार्यालय बैतडीले यस विषयमा लिखित उजुरी नपरेको जनाएको छ । लिखित रुपमा उजुरी नपरेपनि घटनाको विषयमा अनुसन्धान गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार