यस्तो देखियो बेहडाबाबा मन्दिरमा भक्तजनको घुँईचो(फोटो फिचर)

भक्तराज जोशी

धनगढी : धनगढी उपमहानगरपालिका १६ रामपुरमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला आजबाट सुरु भएको छ। धार्मिक तथा पर्यटकिय दुष्टिकोणले परापूर्वकाल देखी नै चर्तित लाखौं भक्तजनहरुको आस्थाको केन्द्रको रुपमा स्थापित बेहडाबाबा मन्दिरमा गंगादशहरा मेला सुरु भएको हो।

स्थानीय स्तरबाटै आयोजना गरिएको मेलामा आज बिहानै बाट भक्तजनहरुको घुईचो देखिन्छ । भारतका विभिन्न क्षेत्रबाट हजारै भक्तजन बेहडाबाबा मन्दिरमा पुगी सकेका छन् ।यस पवित्र धार्मिक स्थलमा गई स्वच्छ मनले मानिसले चाहेको कुरा माग्दा पुरा हुने जनविश्वास रहेको छ ।

Dengue

बेहडाबाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रसार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमी देखि चर्तुदर्शी सम्म मेलाको आयोजना हुँदै आएको छ। गंगादशहरा मेलामा हजारौं मानिस उपस्थित रहेको र लाखौं दर्शकले यस मेलाको अवलोकन गर्ने कुरामा मन्दिर व्यवस्थापन समिती ढुक्क छ ।

बेहडाबाबा मेलाको उपलक्ष्यमा आज एक दिन धनगढी उपमहानगरपालिकाले विद्यालयमा विदा समेत दिएको छ। तर धनगढी देखी बेहडाबाबा जाने सडक धुलाम्मे भएका कारण कयौं मानिस जान नसकेर फिर्ता भएका छन् ।

तस्बिरहरु :

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार