पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिए

काठमाडौँ : पोखराको सुरौदी खोलामा पुल बनाउन खनेको खाल्डोमा खसेका बालक मृत भेटिएका छन्।

कास्कीको पोखरा महानगरपालिका-३३, बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खाल्डो खनिएको थियो। बरपौवाका नौ वर्षीय गणेश विक असार १ गते बेलुका ५ बजे खाल्डोमा खसेका थिए।

Seti Hospital

स्थानीय बासिन्दाले उद्धार गर्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो। सशस्त्र बलको नं. २४ कालिका गणबाट गएको टोलीले आइतबार बिहान बालकको शव निकालेको हो।

पुलका लागि खनेको खाल्डो करीब २० फिट गहिरो थियो। गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरी बलले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार