बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौँ : आज स्थानीय बजारमा सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत शुक्रबारको तुलनामा आज सुनको मूल्य बढेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० रुपैयाँ थियो ।

Dengue

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा २० रुपैयाँले बढेर कारोबार सुरु भएको हो ।  आज चाँदीको मूल्य तोलामा १८ सय २० रुपैयाँ छ । गत शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार