कञ्चनपुरमा साढे ६ लाख बढीको अवैध सामान फेला

अत्तरिया :  कञ्चनपुरमा साढे ६ लाख बढीको अवैध सामान फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा अन्दाजी ६ लाख ५६ हजार १९० मूल्यको अवैध सामान फेला परेको हो ।

शनिबार भीमदत्त नगरपालिका-१७ बासखेडा चोक, दोधारा चाँदनी नगरपालिका-९ कालिका बजार नजिक र बेलडाँडी गाउँपालिका-३ राधाकृष्ण मन्दिर नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका चिनी, पेय पदार्थ, बिस्कुट, खाने तेल, जिरा, सुर्ती, फिल्टर, ब्रेकतार, लुकिङग्लास, पकेट, ग्यारेज लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार