कैलालीमा ब्रोइलर कुखुरासहित अवैध सामान फेला

अत्तरिया :  कैलालीमा ब्रोइलर कुखुरासहित अवैध सामान फेला परेको छ । शनिबार धनगढी उपमहानगरपालिका-४ संचयकोष कार्यालय नजिक, धनगढी-७ मनेहरा चोक, धनगढी-९ त्रिबेणीघाट, धनगढी-१२ घले चोक, गोदावरी नगरपालिका-५ गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालिका-६ बेलुवा स्थित भित्रि सडक खण्ड र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अवैध सामान फेला पारेको हो ।

अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ६७ हजार १७० मूल्यका प्याज, चिनी, सुर्ती, बिडी, पापड, कुर्ती, धोती, ब्रोइलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार