नेपाली टिमको प्रशंसा गर्दै आईसीसीले भन्यो– आफ्नो शिर ठाडो पार

भक्तराज जोशी

काठमाडौँ : आईसीसी टी २० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासंग पराजित भएको छ । नेपाल दक्षिण अफ्रिकासँगको नमिठो हारपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भने नेपाली टिमको प्रशंसा गरेको छ ।

आईसीसीले सामाजिक सञ्जालमा नेपाल क्रिकेट सङ्घ (क्यान)लाई मेन्सन गर्दै लेखेको छ, ‘गर्व गर्न लायक प्रदर्शन, आफ्नो शिर ठाडो पार ।’

Dengue

शनिवार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट स्थित आर्नोस भाले रङ्गशालामा सम्पन्न दक्षिण अफ्रिकासँगको खेलमा प्रतिद्वन्द्वीसँग नेपालको १ रनले चुकेको हो ।

नेपालले सुरुमा राम्रो बलिङ गर्दै दक्षिण अफ्रिकालाई २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रनमा रोकेको थियो ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो । अन्तिम दुई बलमा रन जोड्न नसक्दा ऐतिहासिक विजयको नजिक भएर पनि नेपाल पराजित भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार