२०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमायो नेपालले

काठमाडौं : आईसीसी टी–२० विश्वकप २०२४ मा शनिबार नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएपछि सन् २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर पनि गुमाएको छ ।

समूह चरणबाट बाहिरिँदा नेपालको सुपर–८ को सम्भावना मात्र समाप्त भएन अर्को अवसर पनि गुमाएको हो ।

Dengue

अमेरिका र वेष्टइण्डिजमा जारी विश्वकपमा सुपर–८ मा पुग्ने टोलीलाई २०२६ को टी–२० विश्वकप सोझै खेल्ने अवसर थियो । अब २०२६ को गमे खेल्न नेपालले छनोट चरण पार गर्नुपर्ने छ ।

सुपर–८ मा पुग्ने भारत बाहेक अन्य ७ टोलीले २०२६ को विश्वकपमा स्थान बनाउने छन् । सुपर ८ बाहेक आइसिसीको वरीयतामा शीर्ष स्थानमा रहने तीन टोली पनि सोझै विश्वकपमा पुग्नेछन् ।

हालसम्म टी–२० विश्वकप २०२६ सोझै खेल्ने ७ टोलीको टुङ्गो लागेको छ । भारत र श्रीलंका आयोजक हुन् । उनीहरु सोझै पुगेका छन् ।

त्यसपछि सुपर ८ मा पुगेका अमेरिका, अफगानिस्तान, अष्ट्रेलिया, वेष्टइण्डिज, दक्षिण अफ्रिका पनि सोझै छनोट भएका छन् । अब इंग्ल्यान्ड, नेदरल्यान्ड्स, बंगलादेश र स्कटल्यान्डमध्ये दुई टोली सोझै विश्वकपमा पुग्नेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार