बाराको रामराजा क्याम्पसका प्रमुखमाथि गोली प्रहार

वीरगञ्ज : बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुखमाथि गोली प्रहार भएको छ।

क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि अज्ञात समूहद्वारा गोली प्रहार गरिएको हो। कुशवाहामाथि साँझ करिब ६ बजेको समयमा गोली प्रहार भएको बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

Galaxy

उनको कोखामा एक राउन्ड गोली लागेको र वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको खड्काले बताए।

‘कुशवाहाको कोखामा गोली प्रहार भएको हो, उपचार चाहिँ बयोधा अस्पतालमा भइरहेको छ,’ उनले भने। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार