ऋतिकसँग नाम जोडिएपछि सबालाई काम पाउनै गाह्रो

मुम्बई : बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन् । उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन् । उनीहरुले एकअर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन् ।

सबा पेशाले भ्वाइस ओभरको काम गर्छिन् । उनले हालैमात्र इन्स्टाग्राममा एक रेकर्डिङ स्टुडियोमा रहेको आफ्नो तस्वीर साझा गर्दै ऋतिकसँग दुई वर्ष डेटमा रहँदा बेरोजगार बनेको खुलासा गरेकी छन् ।

Dengue

‘आफ्नो काममा फर्किएँ । दुई वर्ष बढी समयपछि वीओ रेकर्ड गरिरहेकी छु’, उनले लेखेकी छन् । इन्स्टामा सबाले दुई वर्ष आफू कसरी बेरोजगार भएँ भन्ने कुरा पनि उल्लेख गरेकी छन् ।

‘म दुई वर्ष बढी समयदेखि भ्वाइस ओभर कलाकार हुँ । मैंले आफूले छानेका तीन करियरमा यो करियर पनि एउटा हो । यो करियर आर्थिक रुपले मेरा लागि सफल रहयो । म एक निर्देशकको नियमित भ्वाइस ओभर गर्थें । एकदिन मैले ‘मलाई किन काम नदिएको रु’ भनेर सोध्दा उहाँको उत्तर सुनेर म छक्क परें । उहाँले ‘तिमी एक सफल अभिनेतासँग डेटमा रहेका कारण भ्वाइस ओभरको काम छोड्यौ होला भनेर नबोलाएको’ जवाफ दिनुभयो’, सबाले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्- ‘के हामी अहिले पनि त्यो अन्धकार युगमा बाँचिरहेका छौं, जहाँ हामी मान्छौं कि एक सफल साथीसँग सम्बन्धमा एक महिलालाई आफ्नो भोजनको व्यवस्था गर्नुपर्दैन रु या उसलाई आफ्नो भाडा र बिल तिर्नुपर्दैन रु या उसलाई आफ्नो काममा गर्व हुँदैन । र उसलाई आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुपर्दैन रु यो दुःखद रुपमा पितृसत्तात्मक मानसिकता हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार