१०४ केजी गाँजा बरामद

काठमाडौँ : हेटौंडा — मकवानपुरको उत्तरी क्षेत्रबाट प्रहरीले एक सय किलो लागूऔषध गाँजा बरामद गरेको  छ । शुक्रबार थाहा नगरपालिका–७ देउखेलस्थित सडकबाट करिब १ सय किलो ४ सय २० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पालुङबाट गस्तीमा खटिएको प्रहरीले ना.२० प १८६७ र प्रदेश ३–०२–०१२ प १५९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो ।मोटरसाइकलमा सवार व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ । फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय हेटौडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार