विभिन्न स्थानबाट लागू औषधसहित ११ जना पक्राउ

काठमाडौँ : विभिन्न जिल्लामा लागु औषधसहित ११ जना पक्राउ परेका छन् । पर्सा, झापा, कैलाली, मोरङ लगायतका जिल्लामा ११ जना पक्राउ परेका हुन् ।

पर्साको वीरगन्ज महानगरपालिका–१५ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ सय २ ग्रामसहित भारत मोतिहारी ग्राम लालाछापरा– १ बस्ने २५ वर्षीय महमद नेजामुदीन पक्राउ परेका छन् । 

Dengue

प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले बाराबाट वीरगन्जतर्फ जाँदै गरेको बिआर ०५ एवाई १३४६ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक महमदलाई उक्त पदार्थसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेची पुलबाट खैरो हेरोइन ३ ग्राम ४ सय ८० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३० वर्षीय विनोद ढुङ्गेल रहेका छन् ।

उनलाई बिहीबार दिउँसो प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतको पानी टंकीबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो । 

उता, कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरास्थित सडकबाट  ३ सय १० मिलिग्राम खैरो हेरोइनसहित सोही उपमहानगरपालिका– ७ बस्ने २७ वर्षीय सज्जित रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १ ग्राम ३ सय ३० मिलिग्राम र माटोजस्तो देखि ने धुलो पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्रामसहित एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर नगरपालिका–६ मझगैई बस्ने २५ वर्षीय आषिस चौधरी रहेका छन् । बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै मोरङको सुनवर्षी नगरपालिका–९ डाईनिया बजारबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ५६ ग्राम १३ मिलिग्रामसहित २ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा भारत विहार अररिया, पोखरिया पञ्चायत–३ बस्ने १९ वर्षीय राहुल राजा र मोरङ सुनबर्षी नगरपालिका–९ बस्ने २४ वर्षीय आदर्श दास रहेका छन् ।  इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको

प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यता सुनसरीको धरान उपमहानगरपालिका– ११ बानडाँडा बस्ने २२ वर्षीया आयुषा राई पनि  १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् ।

बिहीबार बेलुकी प्रहरीले उनलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ बागेश्‍वरी मन्दिर परिसरबाट १० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित भारत बहराईच बस्ने २ जना किशोर पक्राउ परेका छन् ।  बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै चितवनको  भरतपुर महानगरपालिका–४ अनुपम टोल डेरा गरी बस्ने सोही महानगरपालिका–१० घर भएका २७ वर्षीय बाबु भन्ने सुशील लामा पनि लागू पदार्थसहित पक्राउ परेका छन् । उनलाई  डेराबाट १२ किलो गाँजासहित बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उता, बर्दियाको बढैयाताल गाउँपालिका– ८ नयाँबस्तीस्थित सडकबाट अवैध लागू औषध जस्तो देखिने खैरो पर्दाथ ४ ग्राम ८ सय मिलिग्रामसहित एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–९ माछगढ बस्ने २२ वर्षीय खडकबहादुर थापा रहेका छन् ।

उनलाई बिहीबार राति प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गर्दा पक्राउ गरेको हो । सबै घटनाका  सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार