बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

३२ जेठ, काठमाडौं : भक्तपुरमा १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउन पर्नेमा चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङ रहेका छन् ।

Dengue

उनलाई भक्तपुर प्रहरीले बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बलात्कार कसूरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक बलात्कार गरेको आरोप छ । पछिल्लो पटक १२ जेठमा तामाङले ती बालिकालाई बलात्कार गरेको आरोप छ ।

तामाङले बालिकालाई १२ जेठमा दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा ललाई फकाई, डर, धाक धम्की देखाई बलात्कार गरेको आरोप छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार