जन्ती लिएर मण्डपमै बेहुला आइसकेपछि बेहुलीले मानिनन् बिहे गर्न, यस्तो छ कारण !

नयाँ दिल्ली : भारतको उत्तर प्रदेश राज्यको भदोहीमा जन्तीसहित बेहुला आइसकेको अवस्थामा बेहुलीले विवाह गर्न अस्वीकार गरेको घटना प्रकाशमा आएको छ ।

फत्तुपुर निवासी शीलादेवीकी छोरी पिङ्कीको विवाह जौनपुर जिल्लाको जयरामपुर निवासी गौतम नाम गरेका युवकसँग हुने निधो भएको थियो । सोही अनुसार गौतम जन्तीसहित बुधबार बेलुका बेहुलीको घरमा विवाहका लागि पुगेका थिए ।

Dengue

स्वयंवर अघि नै बेहुलाले अस्वाभाविक गतिविधि गरेपछि बेहुलीले चासो राखेकी थिइन् । बेहुलाले मदिरा पिएको र मञ्चको पछाडि गएर गाँजा सेवन गरेको देखेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी थिइन् ।

यस क्रममा बेहुली पक्षले बेहुला, उनका पिता जयप्रकाश र हजुरबुबा मेवा लाललाई बन्धक बनाएर विवाहको तयारीमा लागेको ८ लाख रुपैयाँ खर्च माग गरेका थिए ।

दुवै पक्षबिच विवाद भएपछि प्रहरी आएर मामिला सुल्झाएको थियो । प्रहरीका अनुसार बेहुलीले विवाह गर्न नमानेपछि बेहुला र जन्ती बिहीबार त्यसै फर्किएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार