बोगटान गाउँपालिकाको बजेटबाट उपाध्यक्ष बमले खरिद गरिन ७९ हजारको मोबाइल

धनगढीः डोेटीको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्षले गाउँपालिकाकै बजेटबाट ७९ हजार मुल्यको मोबाइल खरिद गरेकी छन्।

उपाध्यक्ष बिष्नादेवी बमले सेवा सुविधा सम्बन्धि ऐन विपरीत मोबाइल खरिद गरेकी हुन। सुदुरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐन २०७५ को दफा ३ मा गाउँपालिकाका पदाधिकारीले अनुसुची १ बमोजिमको सेवासुविधा बाहेक अन्य सुविधा दिन मिल्दैन।

तर उपाध्यक्ष बमले ऐन विपरीत वि.स २०८०।०३।०५ मा थ्याङ्क्यू विजनेसबाट वान प्लस कम्पनीको ७९ हजार एक सय मुल्यको मोबाइल खरिद गरेको महालेखापरीक्षकको कार्यलयले देखाएको छ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार