औषधि हुनुपर्ने फ्रीजमा चिसो बियर भेटिएपछि …

अछाम : अछामको एक स्वास्थ्य चौकीमा फ्रिजभित्र बियरका बोतल फेला परेका छन् ।

जिल्लाको कमलबजार नगरपालिकाको वडा नम्बर ९ मस्टाबण्डालीमा रहेको एक स्वास्थ्य चौकीको औषधी राख्ने फ्रिजभित्र तीनवटा बियरका बोतल फेला परेका हुन् । उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल नै बनेको छ ।

Dengue

स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरूले बेला बेला स्वास्थ्य चौकीमै मदिरा सेवन गरेर रमाइलो गर्ने गरेको थाहा पाएपछि स्थानीयहरूले स्वास्थ्य चौकीमै छड्के अनुगमन गरेका थिए ।

सोही अनुगमनका क्रममा फ्रिजभित्र ३ बोतल बियर देखेपछि भिडियो बनाएर सार्वजनिक गरेका हुन ।

वडा नम्बर ९ का वडाध्यक्ष कमल भण्डारीले स्वास्थ्य चौकीको फ्रिजमा बियर राख्नेलाई कारबाही गर्ने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार