पहिरोले तीन वटा घर बगायो, २५ भन्दा बढी परिवार विस्थापित

काठमाण्डौ : सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न ठाउँमा बाढी पहिरोले तीनवटा घर बगाएको छ । २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो ।

अस्ति बुधवार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।

Dengue

खाँदबारी नगरपालिका ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नम्बर ६ का अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिनुभयो । खेतबारीमा ठूलाठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन् ।

डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन् । धुपू बाह्रबीसे जोड्ने माल्टा खोलामाथिको पक्की पुल जोखिममा परेको छ । खाँदबारी–४ सेकाहामा ९ घर पहिरोबाट विस्थापित बनेका छन् । पहिरोबाट विस्थापित बनेकाहरु छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । बाढीले कम्तीमा तीन करोड रुपैयाँभन्दा बढीको क्षति पारेको अनुमान गरिएको छ ।

चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोशी राजमार्गअन्तर्गत मुढे–नुम र ठूलोढुङ्गा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार