विराटनगरमा विद्यार्थीले क्याम्पस निर्देशकको कुर्सी रूखमा झुन्ड्याए,

काठमाडौँ : विराटनगरमा विद्यार्थीले क्याम्पस निर्देशकको कुर्सी रूखमा झुन्ड्याएका छन् ।

मोरङ, विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन सङ्काय निर्देशक डा मोहन सुवेदीको कुर्सी विद्यार्थीले रूखमा झुन्ड्याएका हुन् ।

Dengue

विद्यार्थीले मङ्गलबार कार्यकक्षको ताला खोलेर नेमप्लेटसहित कुर्सी रूखमा झुन्ड्याएका थिए ।

क्याम्पस प्रमुख डा रामवतार शरणका अनुसार पुस्तक तथा पिउने पानीको प्रबन्ध मिलाउन नसकेको भन्दै विद्यार्थीले सुवेदीको कुर्सी रूखमा झुन्ड्याइएका हुन् । उनले उक्त घटना प्राज्ञिक मर्यादाविपरीत भएको बताए ।

सुवेदी कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीको आर्थिक सल्लाहकारसमेत हुन् ।
गत आइतबार पनि विद्यार्थीले प्रदेश योजना आयोग उपाध्यक्षको गाडीमा आगजनी गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार