मनसुन भित्रिएसँगै पूर्वी नेपालमा बाढीपहिरोले जनजीवन प्रभावित बनेको छ,

काठमाडौं : संखुवासभाको खाँदबारी नगरपालिका-११, आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। गए राति अविरल वर्षासँगै गएको पहिरोले  घर बगाउँदा एक जना घाइते भएका छन्।

कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्।

Dengue

पहिरोले घर बगाएपछि तीनै परिवार विस्थापित छन्। उनीहरूले छिमेकीको घरमा आश्रय लिइरहेको लामिछानेले बताए। उनका अनुसार पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा नौ परिवार विस्थापित छन्।

खाँदबारी-४, सेकाहाका चार परिवार पहिरोले विस्थापन भएको वडाध्यक्ष विनोद सुब्बा गुरुङले बताए। चिचिला गाउँपालिकाको वडा नं. १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ।

पहिरोले कोशी सडकखण्डमा पनि क्षति पुगेको छ। कालोपत्र गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा क्षति पुगेको कोशी सडक आयोजनाले जनाएको छ। निरन्तरको वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ।

त्यस्तै, ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले काठेपुल बगाएको छ। बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको फक्तालुङ गाउँपालिका-५ का वडाध्यक्ष देउप्रसाद लिम्बूले बताए।

यस वर्षको मनसुन जेठ २९ मा पूर्वी नेपालबाट भित्रिएको थियो। अहिले पनि पूर्वी नेपालमा मात्रै सक्रिय छ। देशभर फैलिन केही समय लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार