ताप्लेजुङ : ताप्लेजुङको सिरिजंगामा पहिरोले ट्याक्टर पुरिँदा २५ वर्षीय युवकको ज्यान गएको छ । पाँचथरको फिदिम नगरपालिका–१४, लुङ्रुपा घर भइ निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
परियोजनास्थल सिरिजङ्गा गाउँपालिका–७ खेबाङको सिरिसेतर्फ सामान बोकेर जाँदै गरेको मे. १ त ७९६९ नम्बरको ट्याक्टरलाई सडकमाथिबाट झरेको पहिरोले पुर्दा राईको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार पहिरोले ट्याक्टर बगाएर सडकदेखि करिब ६० मिटर तल पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्