टी-२० विश्वकप : सुपर एट दौडबाट बाहिरियो श्रीलंका, नेपालको सम्भावना जीवितै

काठमाडौं : सन् २०१४ को विश्वकप विजेता श्रीलंका नवौँ संस्करणको टी–२० विश्वकपको दोस्रो चरण अर्थात् सुपर एट पुग्न वञ्चित भएको छ । आज बिहान हुने भएको नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि दोस्रो चरण पुग्ने श्रीलंकाको सम्भावना समाप्त भएको हो । 

सुपर एट सम्भावना जीवित राख्न श्रीलंकालाई नेपालविरुद्धको खेल महत्वपूर्ण थियो । तर, यस खेलमा वर्षा बाधक बन्दा दुवै टिमले एक/एक बाँडे । श्रीलंकाले अहिलेसम्म तीन खेलबाट एक अंक मात्र जोडेको छ ।

Dengue

श्रीलंकाले अन्तिम खेलमा नेदरल्याण्ड्सलाई हराए पनि तीन अंकका साथ सुपर एटमा पुग्न पर्याप्त हुने छैन । श्रीलंका पहिलो र दोस्रो खेलमा क्रमशः दक्षिण अफ्रिका र बंगलादेशसँग पराजित भएको थियो ।   

दोस्रो चरणमा पुग्ने नेपालको सम्भावना भने कायमै छ । नेपालले अब सुपर एटमा स्थान बनाउन बाँकी दुईवटै खेलमा जित निकाल्नुपर्नेछ । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ ।  

दोस्रो चरणमा पुग्ने नेपालको सम्भावना भने कायमै छ । नेपालले अब सुपर एटमा स्थान बनाउन बाँकी दुईवटै खेलमा जित निकाल्नुपर्नेछ । नेपालले अब १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने तालिका छ । नेपाल अहिले एक अंकका साथ समूह ‘डी’ तालिकाको चौथो स्थानमा छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार