जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलबाट आवागमन बन्द

अछाम : खच्चड हिँडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका-४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे पुलमा खच्चड हिँडाउँदा पुलको दाहिनेतर्फका लट्ठा चुडिएपछि जीर्ण बनेको उक्त पुलमा आवागमन बन्द गरिएको हो ।

प्राविधिक नापजाँच, मूल्याङ्कन एवं परीक्षण नगरी उक्त पुलबाट मानिस आवतजावत गर्न जोखिम युक्त हुँदा तत्कालका लागि पुलको दुवै प्रवेश स्थानमा तारजाली लगाइपुल प्रयोगमा रोक लगाइएकोले तत्कालका लागि पुल प्रयोग नगर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अपिल गरेका हुन् ।

Seti Hospital

अछाम जिल्लातर्फ चण्डीका मावि र दैलेखतर्फ प्रि नर्सरी स्कुलमा अध्ययनरत विद्यार्थी हरुलाइ आवतजावतमा समस्या भइ सोही पुलबाट जोखिमपूर्ण तरिकाले हिँड्डुल गरिरहेकाले पुनः कुनै खालको अप्रिय घटना नहोस् भनेर सो पुलबाट आवतजावत नगर्न अनुरोध गरेका गरिएको हो ।

जीर्ण पुलको तत्काल मर्मतका लागि सोही स्थानबाट करिब दुई सय मिटरको हाराहारीको पञ्चदेवल विनायक नगरपालिका-९ ओदल्ताडा र दैलेखको आठबिस नगरपालिका-४ को नैनेलमाडु जोड्ने गरी निर्माणाधीन कर्णाली नदीको नयाँ पुल यथा शीघ्र निर्माण गरी सञ्चालनमा ल्याउन गृह मन्त्रालय र अन्य सम्बन्धित निकायलाई आवश्यक पहलका लागि जानकारी गराइएको प्रजिअ लम्सालले बताए ।

दुवै जिल्लाका स्थानीय प्रशासन र स्थानीय तहहरूको समन्वयात्मक प्रयासमा अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका-९ को ओदल्ताडा र दैलेख जिल्ला आठबीस नगरपालिका-४ को नैनेलमाडुमा निर्माणाधीन उक्त नयाँ झोलुङ्गे पुल १५ दिनभित्र सम्पन्न भई सञ्चालनमा ल्याउने गरी कार्यअघि बढेको र जीर्ण पुलको मर्मतको तयारीका लागि अछामबाट प्राविधिक कर्मचारीको टोली मिति जेठ २८ गते नै उक्त स्थानमा पुगी पुलको प्रारम्भिक निरीक्षण र नाप जाँच गरिसकेको छ ।

पुलको लट्ठा चुँडिएपछि पञ्चदेवल विनायक नगरपालिका–९ का चिल्ताडा, भाटगाउँ, भानाकोट, तामकोट, राकुलगायत बस्तीको नजिकको बजार खिड्की जीउँला र राकम रहेकाले त्यस ठाउँका नागरिकलाई आवतजावतसँगै दैनिक उपभोगका सामान ढुवानीमा समस्या भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार