बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार

काठमाडौँ : बंगलादेशले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।

Dengue

यो बंगलादेशको यस विश्वकपमा पहिलो खेल हो । यो जितपछि बंगलादेशले समुह डी मा महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

अब बंगलादेशले अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ भने श्रीलंकाले बुधबार बिहान नेपालसँग खेल्ने तालिका रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार