तुलसीपुर हत्या प्रकरण : श्रीमानसँग सम्बन्धविच्छेद भएपछि शुक्रबारै बिहे गर्ने तयारीमा थिइन ‘टीका’ 

दाङ : रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ६ निवासी ३१ वर्षीय टीका रावलको श्रीमानसँग यही १५ जेठमा सम्बन्ध विच्छेद भयो । उनीहरु तुलसीपुर ६ स्थित राप्ती टोलमा भाडामा बस्दै आएका थिए । सम्बन्ध विच्छेद भएपनि उनका श्रीमान सल्यान कपुरकोट गाउँपालिका वडा नं.६ निवासी नेपाली सेनाका अमलदार ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्ना सामान लिएका थिएनन् । केही समयमा त्यहाँबाट सामान लैजाने कुराकानी भएको थियो ।

यद्यपी टीकाले अर्कै केटासँग विहे गर्ने तयारी गरिसकेकी थिइन । उनी  अछाम कमल बजार नगरपालिका ४ घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा  कार्यरत २९ वर्षीय सैनिक जवान आर्यन थापासँग शुक्रबार बिहे गरेर जाने तयारीमा थिइन । आर्यन पनि त्यसकै तयारीमा टीकाकै कोठामा गएका थिए । कोठामा टीका र आर्यन केक काटिरहेका थिए । त्यतिबैलै सालिकराम आएर एक्कासी आर्यनलाई खुँडा प्रहार गरे। ‘हामी आजै बिहे गरेर कोहलपुर जाने र त्यहाँबाट गाडी चढेर अछाम जाने तयारी गरेका थियौं’, आर्यनले भने, ‘तर, एक्कासी उनी आएर खुँडा प्रहार गरे ।’

Dengue

आफूमाथि खुडा प्रहारपछि आर्यन भागे । त्यसपछि टीकामाथि खुँडा प्रहार गर्न थाले। पहिलो पटक प्रहार भएको खुडा हातले छेक्न खोज्दा हात काटेको थियो । त्यसपछि घरको छतबाट छिमेकीको घरको छतमा गइन । त्यही पुगेर उनको घाँटी रेटेर हत्या गरे ।  

उनी यसरी टीकामाथि प्रहार गर्दा छोराछोरी पनि त्यही थिए । उनीहरुबाट एउटा  ८ वर्षको छोरा छन्, भने कोठामा टीकाको  माइला र साइला दाइका छोरा पनि थिए । उनीहरु नकाट्नुुस्, भन्दै हार गुहार गरिरहेका थिए । ति बालबालिकाकै आँखा अगाडि बुढाथोकीले खुँडा प्रहार गरेका थिए । तर, आँखा अगाडि नै टीकाको हत्या गरे । खुकुरी प्रहारबाटै आर्यन घाइते छन् । उनको बाँया काखी र घाँटीमा काटेको छ । 

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बुढाथोकी ज्वाला दल गंण  बारामा कार्यरत थिए । उनी ६ जेठमा शान्तिसेनाबाट फर्किएका थिए । सालिकरामसँग यो भन्दा पहिले पनि सम्बन्ध विच्छेद भएर पुनः विहे भएको थियो । सालिकरामलाई प्रक्राउ गरि इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश थापाले बताए । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार