धनगढीमा हुने श्रमाधान रोजगार मेलाकाे तयारी पूरा

धनगढी : रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले धनगढीमा यही जेठ २७ र २८ गते ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ सुदूरपश्चिमको संयुक्त आयोजनामा हुन लागेको मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका उपसचिव वसन्त बोहराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकबीच भेट गराउनु मेलाको मुख्य उद्देश्य रहेको बताए । मेलाले रोजगारीका अवसर सिर्जना गर्ने, सीप विकास प्रवर्द्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा सशक्तिकरण गर्ने र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको बोहराले बताए ।

Dengue

नेपालमा कतिपय काम गर्ने दक्ष श्रमिकको अभाव हुँदा बाहिरबाट मगाउनुपर्ने अवस्था छ । रोजगारदाताले आवश्यकता अनुसारको दक्ष श्रमिक नपाउने अवस्था रहेकामा यस्ता मेलाले श्रमिकको अभाव केही हदसम्म हटाउन टेवा पुग्ने आशा गरिएको छ । श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिम्खडाले धनगढीमा हुन लागेको मेलामा ३५ निजी क्षेत्रका स्टलहरू रहने जानकारी दिए ।

उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाइ, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवं आन्तरिक रोजगारीलगायत विषयमा कार्यशाला सञ्चालन हुने जनाइएको छ ।

मन्त्रालयको पहलमा प्रदेशहरूमा मेला सञ्चालन भइरहेका छन् । मेलामा सुरक्षा निकाय, आइएलओ, स्विस हेल्भेटास, विश्वविद्यालय, नेपाल बैङ्कर्स एसोसिएसन, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल संयुक्त युनियन समन्वय केन्द्रको सहभागिता रहनेछ । यस्तै प्रत्येक प्रदेशका स्थानीय तहहरु, नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल, नेपाल माउन्टेरिङ एसोसिएसन, सेभ द चिल्ड्रेन, वल्र्डलिङ्क कम्युनिकेसन र एभरेष्ट नेटको पनि सहभागिता हुने आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार