बन्दना राणा सबैभन्दा बढी मत ल्याएर राष्ट्रसंघीय समितिमा निर्वाचित

काठमाडौं । नेपालकी बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्ने विज्ञहरु संलग्न समिति (सिड) को सदस्यमा पुन: निर्वाचित भएकी छन् ।

सञ्चारकर्मी तथा सामाजिक अभियन्ता राणा तेस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएकी हुन् ।

Dengue

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार राणाले सबैभन्दा बढी मत प्राप्त गरेकी छन् । उनले १४६ मत प्राप्त पाएकी हुन् ।

राणाले सीड समिति सदस्यमा आगामी २०२५ देखि २०२८ को कार्यकालका लागि नेपालका तर्फबाट तेस्रो कार्यकालको काम गर्नेछिन् । राणा ३ वर्षअघि न्यूयोर्कमा भएको निार्वचनमा १३७ मुलुकको मत पाएर सीडको सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् । उनी सन् २०२१ देखि २०२४ को कार्यकालका निर्वाचित हुँदा १९ उम्मेदवारमध्ये सर्वाधिक मत पाउने तेस्रो बनेकी थिइन् ।

उक्त कमिटीमा काम गर्ने राणा पहिलो नेपाली हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार